बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

कंगोमा पनि भागदौड, आठ जनाको मृत्यु

आइतबार, १३ कात्तिक २०७९, २१ : ४५
आइतबार, १३ कात्तिक २०७९

दक्षिण कोरियामा भागदौड मच्चिदा एक सय ५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा साङ्गीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ । 

यहाँको मार्टर्स रङ्गशालामा कङ्गोका गायक फाली इपुपाको साङ्गीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठ जनाको मृत्यु भएको किन्सासाका प्रहरी प्रमुख जनरल सिल्भेन कासोन्गोले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार ८० हजार सिट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो । (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप