मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुण्य कार्की र सिर्जना सरोवरलाई सम्मान

सोमबार, १४ कात्तिक २०७९, १३ : ५६
सोमबार, १४ कात्तिक २०७९

उदयपुरमा साहित्यकार पुण्य कार्की र सिर्जना सरोवरलाई साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको छ । 

छठ पर्वको अवसरमा आइतबार त्रियुगा छठ पूजा समितिले एक कार्यक्रम गरी सम्मान गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उप–प्रमुख महेश्वरी राईले दुवै स्रष्टालाई सम्मान गरेका थिए । त्रियुगा छठ पूजा समितिले हरेक वर्ष साहित्य, संगीत, कला, खेलकुद, पर्यटन, समाज वा आदि विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ । 

साहित्यकार कार्की विगत तीन दशकदेखि उदयपुरमा बसेर साहित्यका अनेकौँ विधामा कलम चलाउँदै आएका छन् भने सिर्जना सरोवर कविता विधामा कलमा चलाउँदै आएकी छिन् । कार्यक्रममा सम्मानित स्रष्टाद्वय कार्की र सरोवरले कविता वाचन पनि गरेका थिए । स्रष्टा सम्मानको साथै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको त्रियुगा छठ पूजा समितिका अध्यक्ष चन्दनकुमार साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप