मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संविधान र लोकतन्त्र नमान्नेले जिते मुलुक दुर्घटनामा जान्छ : डिना

सोमबार, १४ कात्तिक २०७९, २० : ३३
सोमबार, १४ कात्तिक २०७९

सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संसद्, संविधान र लोकतन्त्र मास्न खोज्ने नेकपा एमालेबाट मुलुकको हित सम्भव नभएको बताएकी छिन् ।

चुनावी अभियान अन्तर्गत सोमबार हेटौंडा–६ र ७ नम्बर वडाको प्रचारप्रसार कार्यालय उद्घाटनमा उनले बहुमत प्राप्त आफ्नो दल र सरकार समेत ५ वर्ष टिकाउन नसक्नेलाई मत दिए मुलुक फेरि ५ वर्ष पश्चगमनतर्फ जाने निश्चित भएको बताएकी हुन् ।

‘पटकपटक संसद् विघटनको कुप्रयास गर्ने, संविधान मास्न खोज्ने, सबै दल एक भएर मुलुकमा गणतन्त्रका लागि आन्दोलन भइरहँदा नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भन्दै भाषण गर्ने केपी ओलीलाई भोट हाल्नु सारा नेपालीकै लागि दुःखद् हुनेछ’, उनले भनिन्, ‘संविधान जारी गर्न, संसद् र लोकतन्त्र जोगाउन एकढिक्का भएका नेता र पार्टीहरू मुलुकलाई जोगाउन एक भएर गठबन्धन गरेका छौँ । सबैले इमानदारीपूर्वक गठबन्धनको पक्षमा मतदान गर्ने र जिताउने अभियानमा लाग्नु अहिलेको आवश्यकता हो ।’

चुनावपछि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले आफू संसद् बन्नका लागि मात्र नभई जनताको सुख दुःखमा साथै रहने गरी चुनावी अभियानमा सहभागी भएको बताइन् । यस्तै गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ९ख०का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धन र यसमा आबद्ध दलको बीचमा कुनै समस्या नरहेको र जनताले समेत गठबन्धनप्रति आशा गरेकोले मकवानपुरका सबै उम्मेदवारले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप