आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

सोमबार, १४ कात्तिक २०७९, २१ : ५३
सोमबार, १४ कात्तिक २०७९

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९  देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ । कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले रु ८० हजार, दोस्रोले रु ४० हजार र तेस्रोले रु २० हजार पाउने भएका छन् । महिला पुरुष डबल्सको विजेताले रु ४० हजार, उपविजेताले रु २० हजार र तेस्रोले रु १० हजार पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश रु ४० हजार, रु २० हजार र रु १० हजार, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच  हजार पाउनेछन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः रु ३० हजार, रु १५ हजार र रु पाँच  हजार, ४५ वर्षमाथि डबल्सकाले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पाउने आयोजकले जनाएको छ । पुरुष  ५५ वर्षमाथिका एकलले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार, ५५ वर्षमाथि डबल्सले क्रमशः रु १५ हजार, रु आठ हजार र रु पाँच हजार र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः रु १५ हजार, रु सात हजार पाँच र रु पाँच हजार पाउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप