आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोग्वाले कतार विश्वकप गुमाउने पक्का

मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : १५
मङ्गलबार, १५ कात्तिक २०७९

फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ ।  इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् । 

सन् २०१८ को रुस विश्वकप फ्रान्सले  जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो ।  यसै सिजन मात्र इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्ट्स फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् । 

फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप