सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धन कांग्रेसको रहर होइन : नेता महर

मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : २३
मङ्गलबार, १५ कात्तिक २०७९

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको सम्बृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् । चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभिचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने ।

डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ । महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभइ समग्र मुलुकको विकासका लागि हुने बताए । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप