आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्ड र इङ्ग्ल्यान्ड भिड्दै

मङ्गलबार, १५ कात्तिक २०७९, ०९ : ३३
मङ्गलबार, १५ कात्तिक २०७९

आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा जारी छ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । 

समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौँ स्थानमा छ । 

दोस्रो खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इङ्ग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ । 

आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इङ्ग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंकसहित दोस्रो स्थानमा छ । आज इङ्ग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समीकरण निकै रोचक बन्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप