आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्व स्वीकृतिविना टर्कीमा कामदार पठाउन खोज्ने मेनपावर कम्पनीमा छापा

मङ्गलबार, १५ कात्तिक २०७९, ११ : २६
मङ्गलबार, १५ कात्तिक २०७९

वैदेशिक रोजगार विभागले एक मेनपावर कम्पनीमा छापा मारेको छ । मागपत्र र पूर्व स्वीकृति विना नै नेपाली कामदारलाई टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो । छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका निर्देशक कुष्णप्रसाद भुसालले जानकारी दिए । 

टर्कीका विभिन्न कम्पनीमा हेभि ड्राइभर काममा पठाउन भनी कामदार छनौटको अन्तर्वार्ता/ट्रायल भइरहेको भन्ने सूचना विभागसम्म पुगेको थियो । सूचना प्राप्त हुनासाथ सोमबार विभागको टोली अन्तर्वार्ता/ट्रायल लिइरहेको अवस्थामा पुगेको थियो । छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो । 

उक्त कम्पनीले कामदार मागपत्र प्रमाणीकरण नगरिकनै टर्की पठाउने भनेर युवाहरूसँग अन्तर्वार्ता लिइरहेको पाइएको निर्देशक भुसालले बताए । विभागको टोलीले सो सम्बन्धी कागजातहरू बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप