मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आफ्नो नेतृत्वको सरकारले शिलान्यास गरेका अस्पताल २ वर्षभित्र बनाउने एमालेको घोषणा

मङ्गलबार, १५ कात्तिक २०७९, १६ : ३३
मङ्गलबार, १५ कात्तिक २०७९

नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारले शिलान्यास गरेका अस्पताल २ वर्षभित्र निर्माण गरिसक्ने घोषणा गरेको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले सो घोषणा गरेको हो । घोषणापत्रमा एमाले सरकारका पालामा शिलान्यास गरिएका पाँच, दश र पन्ध्र शैथ्याका ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्न गने ग्यारेन्टी गरिएको छ । घोषणापत्रमा आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको हो ।

यस्तै, आफ्नो सरकार हुँदा सुरु गरिएको जिल्ला अस्पताललाई २५ देखि ५० शैथ्याको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शैथ्याका जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शैथ्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति कार्य सम्पन्न गर्ने बाचा समेत गरिएको छ ।

जारी घोषणापत्रमा काठमाडौं उपत्यकामा ३०० शैथ्या र सातै प्रदेशमा ५० शैथ्याको सरुवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

यस्तै, एमालेले जटिल र घातक  प्रकृतिका रोगहरूको उपचारका लागि अन्तराष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चतता गर्न विशिष्टीकृत अत्याधुनिक उपचार सेवा उपलब्ध गराउने अस्पतालहरूको निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप