मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

६० वर्षमाथिका नागरिकको उच्च रक्तचाप र मधुमेह निःशुल्क परीक्षण गर्ने एमालेको घोषणा

मङ्गलबार, १५ कात्तिक २०७९, १६ : ४४
मङ्गलबार, १५ कात्तिक २०७९

नेकपा एमालेले ६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ । एमालेले आज जारी गरेको घोषणा पत्रमा ६० वर्ष माथिका नागरिक लागि उच्च रक्तचाप मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने जनाएको हो ।

यस्तै,  कडा असाध्य रोगहरूको लागि उपचार निःशुल्क गर्ने, सबै नागरिकलाई निरोगी रहने उपाय अवलम्बन गर्न सचेत गराउने पनि घोषणा पत्रमा भनिएको छ ।   यस्तै, प्रसूति सेवासहित महिलालाई स्वास्थ्य सेवा र बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिने जारी घोषणा पत्रमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप