सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अङ्ग दानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

मङ्गलबार, १५ कात्तिक २०७९, १८ : ५६
मङ्गलबार, १५ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । किड्नीलगायतका अङ्गहरू फेल भएर बसेकाहरूको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अङ्ग दान गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाउन उपयुक्त हुने उनको भनाई थियो । 

मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग निश्चित अङ्गहरू छन् । ती मृत्यु पछि पनि प्रयोग हुँदो रहेछ । र, त्यसलाई प्रयोग गर्न सक्दा खेरी पीडामा रहेकाहरूलाई नयाँ जीवन दिन सकिँदो रहेछ । किड्नी पनि एउटा पक्ष रहेछ ।  यदि हामीले हाम्रा किड्नीहरू, कलेजोहरू हामीले मृत्यु पछि दिन सक्छौँ । र, त्यो दिएको कुराहरूले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौँ । त्यो कामलाई हामीले व्यापकता दिन सक्यौँ भने त्यो हामीले धेरै ठुलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ । मानव अङ्ग दान गर्ने अभियानको रूपमा लैजान सक्यौँ भने तन्दुरुस्त मान्छेको रूपमा पनि हामीले अगाडि बढाउन सक्छौँ । त्यो काममा लाग्नु पर्दछ । ’

मन्त्री श्रेष्ठले अङ्ग दान गरेर अरुको जीवन दान गर्नु ठुलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए । त्यस अवसरमा उनले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप