चार वर्षभित्र इजरायलमा पाँचौ आम चुनाव : नेतान्याहूको पुनरागमनको सम्भावना
इजरायलीहरू मङ्गलबार चार वर्षभित्र हुन लागेको पाँचौं आम निर्वाचनमा भाग लिइरहेका छन् । यस चुनावले पनि आम अपेक्षा अनुरूप इजरायलको राजनीतिक गतिरोध अन्त्य गर्ने सम्भावना कमै रहेको मत सर्वेक्षणहरुले देखाएको छ ।
पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु कट्टर दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै रूपमा सत्तामा फर्कने आशामा छन् । तर जनमत सर्वेक्षणले भने नेतान्याहूको गठबन्धनले एक सिटको कमीको कारणले संसदमा बहुमत पु¥याउन नसक्ने प्रक्षेपण गरेको छ । तर जे भए पनि अघिल्लो चार चुनावमा जस्तै नेतान्याहु आफैं चुनावी मुद्दा बनेका छन् । केहीले अहिलेको चुनाव नेतन्याहुको पक्ष र विपक्षमा लड्दै गरेको बताएका छन् ।
तथापि यसपटक इजरायली मतदाताको मुख्य चिन्ता महगीं र जीवनको लागत रहेको पाइएको छ । त्यस्तै सधैंझैँ यसपटक पनि सुरक्षा एक प्रमुख चुनावी मुद्दा कायम नै छ । यसपटक मतपत्रमा ४० राजनीतिक दल छन् तर करिब एक दर्जन दलले मात्रै संसदमा प्रवेश गर्ने थ्रेसहोल्ड पार गर्ने अपेक्षा गरिएको छ । –सीएनएनबाट