सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि 'वाचा पत्र' सार्वजनिक गर्ने

बुधबार, १६ कात्तिक २०७९, ०८ : ४१
बुधबार, १६ कात्तिक २०७९

आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ । 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीहरुले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप