आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ गोलको थ्रिलरमा बार्सा विजयी

बुधबार, १६ कात्तिक २०७९, ०९ : ०३
बुधबार, १६ कात्तिक २०७९

च्याम्पियन्स लिगमा बार्सिलोनाले भिक्टोरिया प्लेजेनमाथि ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ । प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको बार्साका लागि मार्कोस अलोन्सोले खेलको छैटौँ मिनेटमा नै गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर जोर्डी अल्बाको पासमा फेरान टोरेसले टोलीको अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफको सुरुवातमा नै टोमस चोर्यीले पेनाल्टीबाट भिक्टोरियाका लागि गोल फर्काए । तीन मिनेटपछि नै टोरेसले गोल गर्दै बार्सालाई पुनः दुई गोलको अग्रता दिलाए । 

६३ औँ मिनेटमा चोर्यीले दोस्रो गोल गर्दै भिक्टोरियालाई खेलमा फर्काउने प्रयास गरे । तर ७५ औँ मिनेटमा पाब्लो टोरेले गोल गर्दै बार्साको जीत सुनिश्चित गरे ।

समूहको सी कै अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २–० गोलले हरायो । बायर्नको जीतमा बेन्जामिन पाभार्ड र एरिक म्याक्सिम चुपो मोटिङले एक–एक गोल गरे । समूहमा बायर्न १८ अङ्कसहित शीर्ष स्थानमा रह्यो भने इन्टर १० अङ्कसहित दोस्रो बन्यो । तेस्रो बनेको बार्साले अब युरोपा लिग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप