सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्वीटरको ‘ब्लू टिक’ का लागि मासिक ८ डलर तिर्नुपर्ने

बुधबार, १६ कात्तिक २०७९, ०९ : ३१
बुधबार, १६ कात्तिक २०७९

रिफाइड एकाउन्टका लागि नामसँगै ‘ब्लू टिक’ चाहनेहरूले ट्वीटरलाई मासिक ८ डलर तिनुपर्ने एलन मस्कले बताएका छन् । ४४ अर्ब डलरमा सामाजिक सञ्जाललाई खरिद गरेपछि मस्कले कम्पनीमा विभिन्न परिवर्तन गरिरहेका छन् । उनले ‘स्पाम र स्क्याम’ लाई पराजित गर्न यो कदम आवश्यक रहेको छ ।

हाल ‘हाईप्रोफाइल’ व्यक्तिहरूको एकाउन्ट ‘युजरनेम’ अघि राखिने ‘ब्लू टिक’ अहिलेसम्म निःशुल्क रहेको थियो । मस्कको कदमले विश्वसनीय स्रोतहरू पहिचान गर्न झन् कठिन हुने आलोचकहरूले बताएका छन् ।
मस्कले पैसा तिर्ने प्रयोगकर्ताहरूलाई रिप्लाई र सर्चमा पनि प्राथमिकता दिइने बताएका छन् । ‘जनतालाई शक्ति १ ८ डलर प्रतिमहिनामा ब्लू’ मस्कले ट्वीटरमा भनेका छन् । उनले यसअघिको ब्लू टिकका लागि लागि गरिने प्रमाणीकरण प्रक्रियालाई ‘मालिक र दास प्रणाली भनेर आलोचनासमेत गरेका छन् ।’

यसअघि प्रमाणीकरणका लागि ट्वीटरमा छोटो अनलाइन निवेदन दिनुपर्ने व्यवस्था रहेको थियो । फेक अकाउन्टलाई रोक्न कम्पनीले कदम नचालेको भन्दै मुद्दा परेपछि सन् २००९ मा कम्पनीले यो व्यवस्था लागु गरेको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप