सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानुषीले मागिन् अष्टलक्ष्मीसँग भोट र आशीर्वाद

बुधबार, १६ कात्तिक २०७९, १० : १२
बुधबार, १६ कात्तिक २०७९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् । 

मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् । 

‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका छौँ’, शाक्यसँग भेटको तस्विर राख्दै मानुषीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ‘स्वस्थ प्रतिस्पर्धा हाम्रो राजनीतिक संस्कार हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप