सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले पार्टी र त्यसका उम्मेदवार भूइँफुट्टा होइनन् : ओली

बुधबार, १६ कात्तिक २०७९, १० : ४९
बुधबार, १६ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा नभएको दावी गरेका छन् ।  बुधबार नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारहरू स्पष्ट विचार, सिद्धान्त र विकासको मार्गचित्र लिएर जनतामाझ जाने बताए । 

‘नेकपा एमाले र एमालेका उम्मेदवार भूइँफुट्टा होइनन् । जोसँग अर्को चुनावमा अहिले गरिएका हिसाबकिताब खोज्न सक्नुहुन्छ । त्यसको जिम्मा मेरो’, अध्यक्ष ओलीको भनाइ छ ।  उनले एक सिट हुनेहरूलाई च्याखेको संज्ञा दिँदै एमालेको सरकार ढालेँ भनेर उफ्रिरहेको बताए । उनले मोहनविक्रम सिंहको नाम दिँदै उनको पार्टीका एक जनालाई एमालेले नै मत दिए पनि अहिले कान्छी भाउजू उता लागेको बताए । 

उनले अहिले विकासका लागि प्रतिबद्ध राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै फेरि च्याखेहरुले सौदावाजी गर्न नदिन एमालेलाई भोट दिन आव्हान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप