सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागूऔषध मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ

बुधबार, १६ कात्तिक २०७९, ११ : ४८
बुधबार, १६ कात्तिक २०७९

लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने २८ वर्षीय अनिल आले रहेका छन् ।  
    
लागूऔषध मुद्दामा जिल्ला अदालत कास्कीको विभिन्न मितिको फैसलाले सबिन गिरीलाई ४ महिना २८ दिन कैद, सुजन कामीलाई ४ महिना ६ दिन कैद र अनिल आलेलाई ३ महिना २८ दिन कैद र २ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको  हो । 

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप