सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाडोमा किन बारम्बार पिसाब लाग्छ ? ५ कारण जान्नुहोस्

बुधबार, १६ कात्तिक २०७९, १४ : १८
बुधबार, १६ कात्तिक २०७९

हुन त जसले धेरै पानी पिउँछ उसैलाई बारम्बार पिसाब लाग्न सक्छ । तर चिसो मौसम सुरु भएसँगै धेरैजसो मानिसले बारम्बार पिसाब लाग्ने गुनासो गर्छन् । कतिपयलाई हरेक मौसममा बारम्बार पिसाब लाग्ने गर्छ, यो कुनै न कुनै मेडिकल अवस्थाको कारण हुन सक्छ । तर कतिलाई भने चिसो मौसम सुरु हुने बित्तिकै अलि बढी नै शौचालय जानुपर्ने हुनसक्छ ।  यस्तो किन भएको होला त, यसबारे जानकारी लिऔँ ।

जाडोमा बारम्बार पिसाब लाग्नुका कारण

१. रक्त प्रवाह बढ्नु

जाडोमा बारम्बार वा धेरै पिसाब लाग्नुको मुख्य कारण रगतको प्रवाह बढ्नु पनि हो । वास्तवमा हाम्रो शरीरलाई ३६–३७ डिग्री तापक्रममा बस्ने बानी छ । तर जाडोमा तापक्रम घट्दै जाँदा रक्तनलीहरू साँघुरो हुन थाल्छ । यस्तो अवस्थामा अंगहरूमा रगत प्रवाह र दबाब बढ्छ । जब रगत मृगौलासहित अन्य महत्वपूर्ण अंगहरूमा जान्छ, मृगौलाले रगत फिल्टर गर्न लामो समय लिन सक्छ । किनभने रगतको प्रवाह बढी हुँदा मिर्गौलाले रगतलाई बढी फिल्टर गर्नुपर्छ । यस्तो अवस्थामा, तपाईंलाई बारम्बार पिसाब लाग्न सक्छ ।

२. पसिना कम आउनु

गर्मीमा हामी धेरै पानी पिउने गर्छौं तर जाडोको तुलनामा कम शौचालय जानुपर्छ । गर्मी मौसममा हामीले पिउने पानी पनि पसिनाबाट बाहिर निस्कने भएकाले यस्तो हुन्छ । यस्तोमा कमै पिसाब आउँछ । तर जाडोमा पसिना नआएपछि हामीले खाएको सबै पानी पिसाबबाट बाहिर निस्कन्छ । पसिना कम आउँदा पनि जाडोमा बारम्बार पिसाब लाग्ने गर्छ ।

३. रगत फिल्टर गर्न आवश्यक

कम तापक्रममा, मृगौलाले अलि बढी नै रगत फिल्टर गर्नुपर्छ त्यसैले पनि पिसाब बढी नै आउँछ ।

४. डायरेसिस

डायरेसिसस पनि बारम्बार पिसा लाग्नुको एउटा कारण हुनसक्छ । डायरेसिसको स्थितिमा शरीरबाट पानी त बाहिर निस्कन्छ, यसका साथै नुन र मिनरल्स पनि बाहिर निस्कन थाल्छ । यो स्थितिमा व्यक्तिलाई कमजोर महसुस हुनसक्छ । डायरेसिसको समस्या त्यतिबेला बढ्छ जब चिसो मौसमको आगमन हुन्छ । अर्थात्, चिसो मौसममा कम तापक्रमका कारण डायरेसिसको लक्षणमा वृद्धि हुनसक्छ र बारम्बार पिसाब आउन सक्छ ।

५. मृगौला संक्रमण र मधुमेह

यी बाहेक मिर्गौलाको संक्रमण र मधुमेह पनि बारम्बार पिसाब लाग्नुको प्रमुख कारण हुनसक्छ । मृगौला संक्रमण र मधुमेह भएको अवस्थामा भने सबै मौसममा बारम्बार पिसाब लाग्न सक्छ । तर जाडोमा यसको समस्या बढ्न सक्छ ।

– ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप