सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीले बागमतीलाई हरायो

बुधबार, १६ कात्तिक २०७९, १६ : ५८
बुधबार, १६ कात्तिक २०७९

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले जित निकालेको छ । बुधबार बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीको जितमा देव खनालले अविजित रहँदै ७७ रनको अर्धशतकीय इनिङको योगदान दिए । त्यस्तै प्रज्वल थापा र सन्दीप रजालीले २९–२९ रन बनाए । बागमतीका रिजन ढकाल र प्रतिष जिसीले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १५४ रन बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए । त्यस्तै दुर्गेश थापाले ३२ रन बनाउँदा अशुतोष घिरियाले २२ रनको योगदान गरे । लुम्बिनीका अनिल खरेलले चार विकेट लिए । अभिषेक गौतम र विशाल बिक्रम केसीले दुई/दुई विकेट लिए । जितसँगै समूह बी को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । यता बागमतीको तेस्रो हार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप