सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले ल्यायो ‘भोट फर प्रचण्ड’ भन्दै र्‍याप गीत

बुधबार, १६ कात्तिक २०७९, १७ : ५१
बुधबार, १६ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रले ‘भोट फर प्रचण्ड’ भन्दै र्याप गीत सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै माओवादीले पहिलो पटक र्याप गीत ल्याएको हो । 

माओवादी एजेण्डालाई र्याप गीतमा प्रस्तुत गरेर युवालाई आकर्षण गर्न ल्याएको हो । नयाँ शैलीको गीत सार्वजनिक भएपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालमा राखेर सेयर गरेका छन् । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरू गीतमा प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप