आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग फुटबल : रियलको फराकिलो जित

बिहीबार, १७ कात्तिक २०७९, ०७ : ३९
बिहीबार, १७ कात्तिक २०७९

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा  रियलले स्कटिस क्लब सेल्टिकमाथि ५–१ को जित निकालेको हो ।

घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन लुका मोड्रिच, रोड्रिगो, मार्काे एसेन्सियो, भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले गोल गरे । उता सेल्टिकका लागि जोटाले एक गोल फर्काए । पहिलो हाफमा दुई पेनाल्टी गोल पाएको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

जितसँगै रियल ६ खेलबाट १३ अंक जोड्दै आफूलाई समूह एफको विजेता हुँदै अन्तिम १६ मा पुगेको छ । यसअघि नै समूह चरणबाट बाहिरिएको सेल्टिकले २ अंक जोडेर समूहको पुछारमा हुँदै सिजनको अन्त्य गर्यो ।

यसै समूहको अर्काे खेलमा आरबी लाइपजिगले साख्तर डोनेस्कमाथि ४–० को सानदार जित निकाल्यो । जितसँगै लाइप्जिग १२ अंक जोडेर समूहमा दोस्रो भयो । साख्तर ६ अंक जोडेर तेस्राे स्थानमा रहँदै लिगबाट बाहिरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप