आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटीको पुनरागमन जित

बिहीबार, १७ कात्तिक २०७९, ०७ : ४९
बिहीबार, १७ कात्तिक २०७९

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पुनरागमन जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीले स्पेनिस क्लब सेभियामाथि ३–१ गोलको सहज जित हात पारेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रिको लुइस, जुलियन अल्भारेज रियाद महरेजले एक–एक गोल गरे ।

यता सेभियाका लागि राफ मिरले एक गोल फर्काए । निकाल्दा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ ।

जितसँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । सिटी समूह विजेता बन्दा दोस्रो स्थानको डर्टमुन्ड ९ अंक जोड्यो । यस्तै सेभियाले ५ अंक जोड्दा कोपेनहेगन ३ अंक जोडेर पुछारमा रह्यो ।

यसै समूहको अर्काे खेलमा खेलमा डर्टमुण्डले डेनिस क्लब कोपेनहेगनसँग १–१ गोलको खेल्यो । डर्टमुण्डका लागि थोर्गन हाजार्डले गोल गरे । उता कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप