आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेयर धनीलाई नगद लाभांश लिन ग्लोबल आईएमई बैंकको आग्रह

बिहीबार, १७ कात्तिक २०७९, ०९ : ४९
बिहीबार, १७ कात्तिक २०७९

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकको आर्थिक वर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकाले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीले बैंकको सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ । यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप