आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांग्रिलाको संस्थापक सेयर आजदेखि बिक्रीमा

बिहीबार, १७ कात्तिक २०७९, १० : ०३
बिहीबार, १७ कात्तिक २०७९

सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् । 

यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति सेयर खरिद गर्ने सो को ब्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप