सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर विद्यार्थीको मृत्यु

बिहीबार, १७ कात्तिक २०७९, ११ : १०
बिहीबार, १७ कात्तिक २०७९

स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार लाजिम्पाटमा भएको दुर्घटनाका घाइते विद्यार्थीको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए । विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । विद्यालयको गेट नजिकैको रुखमा टाउको ठोक्किदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । 

बुधबार अपरान्ह भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगी उपचार गराइएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान २:२१ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दाहालको मृत्युपछि उनको शवको पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप