आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्न पूर्ण साथ रहन्छ : विनोद चौधरी

बिहीबार, १७ कात्तिक २०७९, १४ : ०१
बिहीबार, १७ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनीतिमा मुस्लिम समुदाय निर्णायक र महत्वपूर्ण भूमिकामा रहेको बताएका छन् । नेपाल मुस्लिम संघद्वारा नवलपरासीको जिमिरेभारमा आयोजित मुस्लिम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताएका हुन् ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य चौधरीले मुस्लिम समुदाय नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक र महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने समुदाय रहेको जिकिर गरे । 

नेता चौधरीले मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पूर्ण साथ रहेको विश्वास व्यक्त गरे । निर्वाचन केन्द्रीत विषयवस्तुहरुलाई प्रकाश पार्दै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या, उखु किसानको समस्या र उत्पादित केराको बजारीकरणबारे देखिएका समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने बताए । 

जनताको आय स्तर वृद्धि हुनुपर्नेमा जोड दिँदै चौधरीले समग्र रुपमा मुस्लिम समुदायको शैक्षिक स्तर वृद्धि, विश्वविद्यालय स्थापना , लगायतका विषयमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप