आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मंसिर ४ गते आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा छ’

बिहीबार, १७ कात्तिक २०७९, १४ : ५७
बिहीबार, १७ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने ¥यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए ।  

सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए । सहसचिव कोइरालाले सम्भावित विपद्को आंकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे ।   निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए । सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप