आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

शुक्रबार, १८ कात्तिक २०७९, ०८ : २८
शुक्रबार, १८ कात्तिक २०७९

म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । 

बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए । हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गर्यो । उसको ६ खेलबाट १५ अंक रह्यो । 

समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो । अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ । यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप