सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मतदाता रिझाउन प्रयासरत सुनसरी-४ का दुई हेभिवेट

शुक्रबार, १८ कात्तिक २०७९, ०९ : ४४
शुक्रबार, १८ कात्तिक २०७९

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा यसपटक सबैभन्दा बढी चासोका रुपमा हेरिएको निर्वाचन क्षेत्र नम्बर ४ लाई हेरिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा हुन लागेको दुई हेभिवेट नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको हो ।

यो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा कांग्रेसबाट सरकारका प्रवक्तासमेत रहेकाका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर विजयी बनेका कार्कीले सुनसरी ४ बाट पुनः आफ्नो उम्मेदवारी दोहार्याएका छन् । 

कार्कीका प्रतिस्पर्धी एमाले नेता जगदीश कुसियैत बनेका छन् । कोशी गाउँपालिकाको साबिक श्रीपुर घर भएका कुसीयैत बाबु बाजेको विरासत धान्दै अघि बढेका र समुदायमासमेत मजबुत पकट भएको व्यक्ति भएकाले कार्कीकालागि ठूलो चुनौति बन्ने देखिन्छ । एक लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी ४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ । त्यसैगरी इनरुवाको ३,४ र ८ नम्बर वडा पर्छ भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १,२,४,५,६ र ७ नम्बर पर्दछ । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा दुवै उम्मेदवारका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइए पनि डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियैत दुवैका लागि निर्णायक सावित हुने चर्चा हुने गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की भने आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनले देशमा जनताका सम्बृद्धि र विकासको आकंक्षालाई कार्यतालिकाको आधारमा अघि बढाउने समयको प्रारम्भ गर्ने बताउछन् । मन्त्री कार्की आसन्न निर्वाचनका लागि आफूले उम्मेदवारी दिएको सुनसरी क्षेत्र नम्बर ४ मा मतदातासँग मत माग्नका घरदैलो कार्यक्रममा व्यस्त छन् । 

यद्यपि, सुनसरी ४ मा कार्की र जगदीश दुवै हेभिवेट भएकाले समेत उनीहरू  छन् । दुवै नेताले प्रतिष्पर्धीको तुलानामा आफूलाई अब्बल देखाउन आफ्नो उम्मेदवारी उपर जितको आधार सहितको फेहरिस्त खोलिरहेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार र घरदैलो बढाउँदै लगेका छन् । मतदाता माझ खासै नदेखिएको उत्साह र नेताका आश्वासन मात्रले आजित भएका जनताले कसलाई मत दिएर जिताउने हुन् त्यो भने मंसिर ४ को निर्वाचनले नै तय गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप