गोरखा याङ्कोटमा प्रचण्डलाई स्वागत (तस्बिरहरु)
शुक्रबार, १८ कात्तिक २०७९, ११ : ४४
चुनावी प्रचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा नगरपालिका १४ याङ्कोटमा आइपुगेका छन् । प्रचण्डलाई स्वागत गर्न याङ्कोटबासीहरू लाइनमा फूलमाला लिएर बसेका थिए ।
स्वागतका लागि याङ्कोटमा घर बाहिर तामाको गाग्रीमा पानी राखेर, हातमा फूलमालाले स्वागत गर्न लाइनमा बसेका छन् । प्रचण्डले आज गोरखा २ का विभिन्न निर्वाचन क्षेत्रमा पुग्ने कार्यक्रम छ ।