सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरबाट लागू औषधसहित ३ जना पक्राउ

शुक्रबार, १८ कात्तिक २०७९, १२ : ३०
शुक्रबार, १८ कात्तिक २०७९

जिल्ला प्रहरी कार्यालय उदयपुरले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले त्रियुगा नगरपालिका १३ को जोगीपोखरीका २४ वर्षीय आइस अधिकारीले घरमा लुकाइ–छिपाइ राखेको ३९ एम्पुल प्रतिबन्धित लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले अधिकारीलाई घरमा लुकाइ छिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागू औषधसहित पक्राउ गरेको जनाएको छ ।

 त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनलाई लागू औषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न तीन किसिमका लागु औषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए ।

 बसपार्कमा हिडि रहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो । उनीहरूलाई म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र फुयाललले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप