आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डमाथि न्युजिल्यान्डको जित

शुक्रबार, १८ कात्तिक २०७९, १३ : ३०
शुक्रबार, १८ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । शुक्रबार भएको खेलमा आयरल्यान्डलाई ३५ रनले हराउँदै समूह १ को शीर्ष स्थानमा उक्लिएको हो ।

एडिलेटमा न्युजिल्यान्डले दिएको १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ३५ रन बनायो । आयरल्यान्डका लागि पाउल स्ट्रलिङले ३७ रनको योगदान गरे । त्यस्तै एन्डी बलव्रिनले ३० रन बनाउँदा जोर्जे डोकरेलले २३ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका लागि लकी फग्युसनले सर्वाधिक तीन विकेट लिए । त्यसतै टिम साउदी, मिचेल स्टेनर र इस सोधीले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । न्युजिल्यान्डका  लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै फिन एलनले ३२ रन बनाउँदा डेरी मिचेलले २९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि जोस लिटिलले ह्याट्रिक विकेट लिए । तीन विकेट लिँदा उनले १९ ओभरको दोस्रो बलमा केन विलियमससनलाई आउट गराएका उनले तेस्रो बलमा जिम्मी निसमलाई आउट गरा एभने चौथो बलमा मिचेल स्टेनरलाई आउट गराए ।

त्यस्तै ग्रेथ डेलानीले दुई विकेट लिँदा मार्क एडिएरले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्डले ५ खेलबाट ७ अंक जोडेर आफूलाई शीर्ष स्थानमा उकासेको छ । यता आयरल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप