सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैले जनतासँग गठबन्धन गरेको छु : इश्तियाक राई

शनिबार, १९ कात्तिक २०७९, ०६ : १७
शनिबार, १९ कात्तिक २०७९

जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूसँग एक मात्रै चुनावी एजेन्डा भएको बताएका छन्।  नेपालगन्जको वडा नं २० मा शुक्रबार साँझपख भएको एउटा चुनावी सभामा बोल्दै उम्मेदवार राईले विकास मात्र आफ्नो  एजेन्डा भएको बताए । 

विकासमा साझेदारी, जनताबीचको आपसी भाइचार र बाँकेवासीको समृद्धि बाहेक आफूले जनतालाई अरू कुनै दिवा सपना नदेखाउने उनले बताए। सत्ता र विपक्षीहरूले बनाएको गठबन्धन उम्मेदवारहरूसँग एक्लै भिडिरहेका उनले सधैं जनताको माझमा रहिरहने आफूलाई कुनै पनि दलहरूको गठबन्धन आवश्यक नभएको बताए। 

‘यी सारा जनताको प्रेम, आशा र भरोसा नै मेरो लागि गठबन्धनभन्दा महान छ। म सधैं जनतासँगै छु र सधैं तपाईंहरूकै साथमा रहिरहनेछु’ उनले ‘कसले कुन पार्टीसँग गठबन्धन गरिरहेको छ त्यो कुराको मलाई कुनै चिन्ता छैन। किनकि मेरो गठबन्धन जनतासँग छ र जसको गठबन्धन जनतासँग हुन्छ उसले चुनाव हारेको इतिहास कतै छैन।’

अहिले बाँके क्षेत्र नं २ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाको गठबन्धनले नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र नेकपा एमालेले राप्रपाका उम्मेदवार धवल समशेर राणालाई समर्थन गरेको छ। २०७४ सालको निर्वाचनमा पनि उनी नेपाली कांग्रेस र राप्रपा तथा नेकपा एमालेका उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका थिए। 

‘अहिले पनि कुनै दलहरूको समर्थनमा होइन, तपाईंहरू तमाम मतदाताको साथ र भरोसाले उम्मेदवार भएको छु’ उनले भने ‘यो चुनावमा म एक्लै छैन। तपाईंहरूजस्तै मेरो साथमा हज्जारौं मतदाता छन्। तपाईंहरूको यति धेरै प्रेम छ कि यो नै मेरो लागि सबैभन्दा ठूलो विजय हो।’

शुक्रबार बिहानैदेखि जसपाले क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा चुनावी कोणसभा, पार्टी प्रवेश कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रम गरेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप