आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यु–१५ महिला च्याम्पियनसिप फुटबल :  आज नेपाल र बङ्गलादेश खेल्दै

शनिबार, १९ कात्तिक २०७९, ०८ : ०५
शनिबार, १९ कात्तिक २०७९

१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।  बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।

पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । 

च्याम्पियनसिपमा  बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप