आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इमरानको आरोपप्रति पाकिस्तानी सेना कठोर

शनिबार, १९ कात्तिक २०७९, ०८ : २४
शनिबार, १९ कात्तिक २०७९

इमरान खानले आफूमाथि भएको हमलाका लागि प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई जिम्मेवार ठहर गरेका छन् । इमरान खानलाई बिहीबार गुजरानवालामा एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए । यस हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका थिए ।

लाहोरको शौकत खानम अस्पतालबाट जनतालाई सम्बोधन गर्दै इमरान खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन् । खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन् ।

पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। ‘सेना र यसका अधिकारीहरू विरुद्ध झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्न पाकिस्तान सरकारलाई अनुरोध गरिएको छ,’ पाकिस्तानी सेनाले आफ्नो विज्ञप्तिमा भनेको छ।

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिएका छन्।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप