सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपाका उम्मेदवार श्याम सिनालद्वारा देउवालाई समर्थन

शनिबार, १९ कात्तिक २०७९, १० : २२
शनिबार, १९ कात्तिक २०७९

डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् ।  आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका हुन् । 

सिनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ -'आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेश सभा (क) प्रत्यक्ष तर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु । '

पछिल्लो समय प्रधानमन्त्री देउवा गृह जिल्लामा आयोजित विभिन्न चुनावी सभाहरुमा व्यस्त छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप