सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देउवा भेट्न रातो गुराँसमा भेला भएकासँग मत माग्दै स्वतन्त्र उम्मेदवार सागर

शनिबार, १९ कात्तिक २०७९, १० : ४२
शनिबार, १९ कात्तिक २०७९

शनिबार बिहान सात नबज्दै भेटघाटका लागि डडेलधुराबासी रातो गुराँसमा जम्मा हुन थालिसकेका थिए । प्रधानमन्त्री देउवाका अङ्गरक्षकबाट उनीहरुको नाम लेख्ने काम भयो । साढे सात बजेबाट टिपिएको नाम बोलाएर क्रमशः भानु देउवासँग भेटघाट सुरु भयो । 

यही बीचमा माओवादी केन्द्रीय सुदूर पश्चिम इन्चार्ज तथा डडेलधुरा प्रदेश (क)का उम्मेदवार खगराज रातो गुराँसमा आइपुगे । उपस्थपित  सबैलाई नमस्कार गरेर गठबन्धनका साझा उम्मेदवार भट्ट कुर्सीमा बसे । हामी पनि उनी बसेको ठाउँमा पुग्यौँ । भट्टका वरिपरि चार जना पनि कुर्सीमा बसेका थिए । 

खगराजसँग बसेकाहरू मन्दिरमा दर्शन गरेर रातो गुराँस आएका रहेछन् । मन्दिरमा एउटा देउताको दर्शन गरेर आएको भन्दै खगराजसँग भेट्नुलाई दोस्रो देउतासँग भेटका रुपमा ठट्टा गरे । ठट्टा गर्ने थिए, भोजराज भट्ट । उनले भने, 'अहिलेसम्म दुई वटा देउताको दर्शन भयो । अब एउटा देउताको बाँकी छ ।'

उनले दर्शन गर्न बाँकी रहेको देउता भनेर प्रधानमन्त्री देउवालाई भनेको सोझै बुझिन्थ्यो । त्यसपछि खगराजले आफ्नो कुरा राख्न सुरु गरे । खगराजले भने, 'रुखसँग गहिरो सम्बन्ध रहेछ । दुई ठाउँमै मैले यश पटक रुखमै मत हाल्न्या हुँ । प्रतिनिधपसभामा देउवालाई र प्रदेशसभामा गोविन्द बोहरालाई मत दिन्छु ।' त्यसपछि उनी देउवाको प्रशंसा गर्दै लामै गफिए । उनको वरिपरि बसेका काँग्रेस कार्यकर्ताले 'देउवापछि डडेल्धुरामा तपाईं नै हो' भनेर थप माहोल गरम बनाए । 

त्यसपछि देउवालाई भेटाउन कार्यकर्ता लगेर खगराज देउवा बसेको ठाउँतिर लागे । यहीबीचमा स्वतन्त्र उम्मेदवार सागर ढकाल रातो गुराँसमा आइपुगे । अनि जानीनजानी डडेल्धुराको भाषामा देउवा भेट्न कुरिरहेकाहरुसँग मत माग्न थाले । 'अब साथीलाई होइन नातिलाई भोट दिनुपर्यो । देउवाजीलाई सम्मान गर्न्या हो । उनको सालिक बनाउन्या हो । मु मेरै पैसाले देउवाको सालिक बनाउला । अब देश बनाउन मलाई मत दिनु पढ्या हो,' सागरले भने । 

यसै बीचमा एक जनाले आफ्नो गाउबो नाम  पनि भन्न आग्रह गरे । तर सागरले आफ्नो ठेगाना नभनेर त्यहाँबाट हिँडे । उनी हिँडिसकेपछि कर्ण देउवाले भोट त आफ्नालाई दिने हो भनेर मुख खोले   । ८:४५ बजेसम्म रातो गुराँसमा कांग्रेस र माओवादी कार्यकर्ता आउने करम रोकिएको थिएन । यही बीचमा कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद पनि आइपुगे । रातोपाटीसँग गलिरहेका सागरले साउदलाई नमस्कार गरे । 

आफूलाई मत दिन सागरले पनि आग्रह गरे । साथै  सागरले साउदसँग फोटो खिच्ने इच्छा राखे। साउनले पनि सागरको इच्छा पूरा गरिदिए  । फोटो खिच्दा पनि म तपाईंको नाति छोरालाई मत दिनु परे भनेर पुनः आग्रह गरे । जवाफमा साउदले सबैको पालो आउने भन्दै धैर्यता गर्न भने । 

सागर र साउदबीचको भलाकुसारी नसकिँदै कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार गोविन्द बोहरा आइपुगे ।  साउन र बोहरासहितको टोली देउवा बसेको ठाउँतिर लाग्यो । हामीले सागरलाई रातो गुराँसमा किन आएको भनेर प्रश्न सोध्यो । उनले देउवालाई भेट्न आएको जवाफ दिए । 

१० बजे देउवासँग भेट्ने समय लिएको सागरले बताए । त्यसपछि सागर आफ्नो भोट माग्ने कर्मतिर लागे । युवा पुस्तासँग उनी गफिए । युवा पुस्ताबाट पनि सागरको पक्षमा मत आएन ।  नरेन्द्र भट्टले काँग्रेस जिल्ला सभापति साउदकै शब्द सापटी लिएर सागरलाई हतार नगर्न सुझाए । उनले भने,'सागरको मुद्दामा दम छ । तर प्रधानमन्त्रीले चुनाव जित्नेमा दुविधा छैन । प्रदेशमा प्रतिस्पर्धा हुन सक्छ।'

त्यसपछि नरेन्द्र भट्ट र मानप्रसाद जोशीबीच गफगाफ सुरु भयो । उनीहरूबीच सागरले ल्याउने मतबीच गलफती चल्यो । सागरले एक हजारसम्म मत ल्याउने भट्टले तर्क गरे भने जोशी निकै खुम्चिए । सागरले एक समय मत मात्र ल्याउने जोशीको भनाइ आयो ।  उनीहरू पनि छुटिए । तर रातो गुराँसमा भीड बड्दै गयो । बिस्तारै सागरमाथि कांग्रेस कार्यकर्ता खनिए । यहाँ आएर मत मागेको र पर्चा बाँडेकोमा विरोध भयो । त्यसपछि सागरले मत माग्न र पर्चा बाँड्न रोके । 

यता देउवासँग भेट्न नपाइको भन्दै केहीले आक्रोश पोखे ।  दुर्गादत्त पाण्डेले भने, 'हामीलाई काठमाडौंमा पनि भट्न दिँदैन । ढाँका टोली डल्काने यही डालुहरु । यहाँ पनि यी नै भेट्छन् । हामीलाई भेट्न दिँदैन ।' २०४८ सालदेखि कांग्रेस कार्यकर्ता बताउने पाण्डे देउवासँग कुरा राख्न नपाएको गुनासो गर्छन् । देउवालाई भेट्न विहान सात बजेबाट कुरिरहेका अन्यको पनि गुनासो यस्तै छ  । अहिले पनि देउवासँग भेटघाट चलिरहेको छ । देउवाले आज १२:३० बजे अजयमेरू र ३ बजे रुपालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि रातो गुराँसमै देउवाले भेटघाट गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप