आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जित्नैपर्ने दबाबमा इङ्ग्ल्यान्ड

शनिबार, १९ कात्तिक २०७९, ११ : १०
शनिबार, १९ कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज शनिबार इङ्ल्यान्डले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियामा जारी आठौं संस्करणको सुपर १२ को अन्तिम खेलमा इङ्ल्यान्डले श्रीलंकासँग खेल्न लागेको हो ।
सिड्नीमा हुने इङ्ल्यान्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

इङ्ल्यान्ड र श्रीलंका बीचको खेलको नतिजाले इङ्ल्यान्ड र अस्ट्रेलिया मध्य कुन टोली सेमिफाइनलमा पुग्ने भन्ने निश्चित हुनेछ । आजको खेलमा इङ्ल्यान्ड पराजित भए अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ भने इङ्ल्यान्डले जित निकाल्न सके अष्ट्रेलिया बाहिरिनेछ ।

श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । सुपर १२ को समूह २ मा न्युजिल्यान्डले ५ खेलबाट ७ अंक जोडेर आफूलाई सेमिफाइनलमा पुर्याइसकेको छ । यता अष्ट्रेलिया पनि ७ अंक जोडेर दोस्रो स्थानमा छ । तर, नेट रन रेट माइनसमा भएका कारण आजको खेलमा इङ्ग्ल्यान्डको हार अष्ट्रेलियालाई फाइदा पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप