सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गठबन्धनले बुथ कब्जा गर्ने तयारी गरेको छ : गुरुङ

शनिबार, १९ कात्तिक २०७९, ११ : ४३
शनिबार, १९ कात्तिक २०७९

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङले पाँच दलीय सत्ता गठबन्धनले दोलखामा बुथ कब्जा गर्ने तयारी गरेको आरोप लगाएका छन् ।

‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ,’ उनले भने, ‘यति हुँदा हुँदै पनि बलजफ्ती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता आपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन, दोलखामा रहन्छ कि रहँदैन म खुला रूपमा चुनौती दिन चाहन्छु ।’

दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भए पनि उनीहरूको त्यो सपना पूरा हुन एमालेले नदिने उनको भनाइ छ । ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ,’ उनले भने ।   

यस्तै उनले गठबन्धनले राज्यको नियम र विधि उल्लङ्घन गरेर चुनावी प्रचार गरिरहेको आरोप पनि लगाए । उनले नेकपा एमालेले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ ढङ्गबाट प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे । दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण सिवाकोटी तथा प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप