हिमालको हिँउ पग्लनुमा छिमेकी दोषी छन्– केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक र विश्व समुदायका कारणले नेपालका हिमालय क्षेत्रका हिँउ पग्लन थालेको बताएका छन् । आज प्रवासी नेपाली मञ्च साउदी अरबको कार्यक्रममा बोल्दै ओलीले छिमेक देश र विश्व समुदायका कारणले नेपालका हिमाल पग्लेर कालो देखिन थालेको बताएका हुन् ।
‘वातावरण संरक्षणका लागि नेपालको गौरवपूर्ण योगदान छ,’ ओलीले भने, ‘विश्वका अन्य देशले बढीमा ३० प्रतिशत वन जंगल कायम गरेका छन् । तर, हामीले ४६ प्रतिशत वनजंगल संरक्षण गरेका छौँ । ३० प्रतिशत त हाम्रो सघन वन क्षेत्र छ ।’ वातावरणप्रति हामी पूर्ण रूपमा सचेत भएपनि हिमाल कालो देखिने र हिमालमा हिउँ नअडिनुमा हाम्रो भन्दा धेरै विश्व समुदायको कारण छ ।
‘हाम्रा छिमेकतर्फ गहुँको छली डराउँछन् र त्यसको धुलो र धुवाँ हिमालमा पुग्छ । जसले हिउँ पग्लिन्छ,’ उनले भने, ‘खसारानीको धुलो एसिड भएकाले हिमालको हिउँ पग्लिने गरेको हो ।’