आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवा डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभामा सहभागी

शनिबार, १९ कात्तिक २०७९, १४ : ००
शनिबार, १९ कात्तिक २०७९

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार​ डडेल्धुराको अजयमेरु गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा सहभागी भएका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले उक्त सभालाई सम्बोधन गर्दैछन् । 

कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस केन्द्रीय सदस्य आरजु राणा, नैनसिंह महर, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद, प्रदेशका समाजिक मन्त्री गोविन्द बोहोरा, निवर्तमान सांसद तथा एकीकृत समाजवादी नेतृ निरु जैरी लगायत उपस्थित रहेका छन् ।

अजयमेरु डडेल्धुराका प्रदेश (क) का उम्मेदवार खगराज भट्टको गृहनगर हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप