तीन महिनामा विदेशबाट १६ करोडको केरा आयात
शनिबार, १९ कात्तिक २०७९, १५ : १७
चालू आर्थिक वर्ष २०७९/८० को ३ महिनामा विदेशबाट १६ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि असोज महिनासम्मको तथ्यांकअनुसार उक्त मूल्य बराबरको केरा आयात भएको हो ।
यस अवधिमा विदेशबाट १ करोड १३ लाख किलोग्राम केरा भित्रिएको विभागले जनाएको छ । आयातकर्ताले उक्त परिमाणको केरा आयात गर्दा सरकारलाई ७ करोड २ लाख रुपैयाँ राजश्व बुझाएका छन् ।
नेपालमा आयात भएको सबै केरा भारतबाट मात्रै आउने गरेको छ । नेपालमा समेत उत्पादन हुने केराले आन्तरिक माग धान्न नसकेपछि भारतबाट आयात हुँदै आएको छ ।