सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न

शनिबार, १९ कात्तिक २०७९, १९ : ४७
शनिबार, १९ कात्तिक २०७९

अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्न आयोजित समापन कार्यक्रममा स्टार्टअप एण्ड आइडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथिको रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक प्रदीप पौडेल, नेपाल टेलिकमका अग्नि घिमिरे, यार्सा ल्याब्सका एनजे सुवेदी र सुशील भण्डारी,  नजेल एक्सपर्ट हेमपाल श्रेष्ठ, इन्फोडेभलपर्सका रेशम भण्डारी, स्मार्ट क्युआरका सुवोध गौतम, स्टिम क्याम्पका संयोजक सुशील भट्टराई लगायतको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले नयाँ नयाँ इनोभेसन र आइडियाले देशलाई जोड्ने बताए । नेपालको व्यापार घाटाको सन्दर्भलाई जोड्दै उनले डिजिटल अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्ने धारणा राखे । डिजिटल अर्थतन्त्र निर्यातमुखी बनाए त्यसले नेपालको व्यापार घाटा कम गर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नलेज एक्सपर्ट श्रेष्ठले स्टार्टअप एण्ड आइडिया फेस्टलाई सफलतापूर्वक समापन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सातै प्रदेशमा गएर युवाहरूका इनोभेटिभ आइडिया छनोट गरेर काठमाडौँ ल्याएको समेत उनले जानकारी दिए ।

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौँको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको थियो । २ दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इनोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । राम लक्ष्मण इनोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप