सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बारा–४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

आइतबार, २० कात्तिक २०७९, ०६ : २७
आइतबार, २० कात्तिक २०७९

बारा–४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरका नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरीसहित २९३ जना  एमाले नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उपमहानगरको वडा नं ७, जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका पार्टी प्रवेश गर्नेहरुमा उपाध्यक्ष गिरीसहित एमालेमा प्रभावशाली नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत रहेका छन् । 

उनीहरुलाई ५ दलीय गठबन्धनको तर्फबाट बारा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किसान  श्रेष्ठले  टिका र खादा लगाएर स्वागत गरेका हुन् । बारा ४ को विकासको लागि सबै एक भएर अघि बढ्न उम्मेदवार श्रेष्ठले आग्रह गरेका छन् । एमाले विकास विरोधी पार्टी भएको भन्दै उनले क्षेत्र नम्बर ४ को विकासमा आफु गंम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप