आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

आइतबार, २० कात्तिक २०७९, ०७ : ४१
आइतबार, २० कात्तिक २०७९

रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ । 

घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक (एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए । 

बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतीत गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए । 

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल मड्रिडभन्दा दुई अंक माथि रहेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ । पराजित अल्मेरिया १३ खेलबाट समान अंकसहित १५औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप