आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हाल्यान्डले गरे सिटीको उद्धार

आइतबार, २० कात्तिक २०७९, ०७ : ४५
आइतबार, २० कात्तिक २०७९

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एर्लिङ हाल्यान्डको गोलमा म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमलाई शनिबार राति २-१ अन्तरले पराजित गरेको छ । 

घरेलु मैदान इतिहादमा पहिलो हाफमै १० खेलाडीमा सीमित भएपछि सिटी दवावमा आएको थियो । फुलहमले पहिलो हाफमै १(१ गोलको बराबरी गरेपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हाल्यान्डलाई मैदान पठाएका थिए । इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले जित दिलाए । 

यस अघि १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा सिटीका जोआओ कान्सेलोले ह्यारी विल्सलाई लडाएपछि फुलहमले पेनाल्टी पायो । सिटी १० खेलाडीमा सीमित भयो । सोहि पेनाल्टीलाई २८ औं मिनेटमा आन्द्रेस पेरीराले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए ।

जितसँगै सिटी १३ खेलबाट ३२ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलहम १९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

राति भएको अन्य खेलमा एभर्टनलाई लेस्टरले २-० ले, ब्राइटनले उल्भ्सलाई ३-२, लिड्सले बर्नामाउथलाई ४-३ ले पराजित गर्दा नटिंघम फोरेस्टले ब्रेन्फोर्डसँग २-२ गोलको बराबरी खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप