आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बार्यन शीर्ष स्थानमा उक्लियो

आइतबार, २० कात्तिक २०७९, ०८ : १६
आइतबार, २० कात्तिक २०७९

बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा हेर्था बर्लिनलाई ३–२ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लिएको हो ।

हेर्थाको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन एरिक म्याक्सिम मोटिङले दुई गोल गरे । जमल मुसिआलाले एक गोल गरे । हर्थाका लागि डोडी लुकबाकिया र डेभिया सेल्केले एक–एक गोल गरे ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको बायर्नले १३ खेलमा २८ अंक जोडेको छ । यता हेर्था ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ । शनिाबर राति नै भएको खेलमा युगलका कीर्तिमानीमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

बक्हमविरुद्धको खेलमा ३–० को जित निकाल्दा दुई गोल गर्दै मोउकोकोले कीर्तिमान बनाएका हुन् । युसुफा मोउकोकोले बुन्डेसलिगामा सर्वाधिक कम उमेरमा १० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

जितसँगै डर्टमण्ड १३ खेलमा २५ अंक जोडेर तेस्रो स्थानमा छ । बक्हम ७ अंक जोडेर १७ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप