आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिका बाहिरियो, भारत सेमिफाइनलमा

आइतबार, २० कात्तिक २०७९, ०९ : ०९
आइतबार, २० कात्तिक २०७९

दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ । आइतबार बिहान भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो । 

एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो । दक्षिण अफ्रिकाका लागि रेल रोसोले सर्वाधिक २५ रनको योगदान गरे । त्यस्त्ै हिरिस काल्सेनले २१ रन बनाउँदा कप्तान टेवा बाभुमाले २० रनको योगदान गरे ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले तीन विकेट लिए । त्यस्तै फ्रेड कालेसेन र बास डिलिडले दुई–दुई विकेट लिए ।  यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि कोलिन आर्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै स्टेफिन माइब्रुसले ३७ रन बनाउँदा टोम कोपरले ३५ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट लिए । त्यस्तै नोर्टेज र एडेन मार्करमले एक–एक विकेट लिए । 

यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ । यता ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप