आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, २० कात्तिक २०७९, ११ : २२
आइतबार, २० कात्तिक २०७९

आज साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जानकारी दिएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा समेत भारी वृद्धि देखिएको छ । महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप